PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

लुलाले लिए ब्राजिलको राष्ट्रपतिको शपथ, बोलसोनारो अमेरिका उडे



पहिलोपोस्ट

लुलाले लिए ब्राजिलको राष्ट्रपतिको शपथ, बोलसोनारो अमेरिका उडे
Photo : AP

लुइज इनासियो लुला डा सिल्भाले ब्राजिलको राष्ट्रपतिका रुपमा शपथग्रहण गरेका छन्। जैर बोलसोनारोलाई पराजित गर्दै लुला राष्ट्रपतिमा निर्वाचित भएका हुन्। यससँगै लुला तेस्रोपटक ब्राजिलका राष्ट्रपति बनेका छन्।

यसअघि उनी सन् २००३ र २०१० मा राष्ट्रपति निर्वाचित भएका थिए। भ्रष्टाचारको आरोपमा जेलमा रहेकाले सन् २०१८ मा लुलाले राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्न पाएका थिएनन्। अहिलेको निर्वाचनमा लुलाले राम्रो 'कमब्याक' गरेको विश्लेषण गरिएको छ।

राष्ट्रपतिको शपथ लिएपछि उनले बोलसोनारोले धवस्त गरेको ब्राजिलको पुनर्निर्माणमा आफू लाग्ने बताएका छन्। लुलाले बोलसोनारोले लागू गरेका नीतिहरु फेर्ने पनि बताएका छन्।

बोलसोनारो भने लुलाको शपथग्रहणमा सहभागी भएनन्। उनी शुक्रवार नै अमेरिकाका लागि निस्किएको स्थानीय संचारमाध्यमले उल्लेख गरेका छन्।

लुलाले आफ्नो चुनावी एजेन्डामा एमेजन जंगल संरक्षणलाई महत्व दिएका थिए। बोलसोनारोले भने ती जंगलको केही क्षेत्रमा व्यवसाय संचालन गर्न खुला गर्नुपर्ने बताउँदै आएका थिए। बोलसोनारोमाथि आफ्नो कार्यकालमा एमेजन जंगल संरक्षण गर्न केही नगरेको आरोप लाग्दै आएको थियो। वातावरण अभियन्ताहरुल बोलसोनारो फेरि जिते उनले एमेजनलाई धवस्त बनाउन सक्ने चेतावनी दिएका थिए। लुलाले अब एमेजन संरक्षणमा आफू लाग्ने बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell