हेटौंडा : वाग्मती प्रदेशसभा बैठक आज बस्दैछ। बैठक अघि आज बसेको सर्वदलीय बैठकले आजको सभाका एजेन्डाहरु तय गरेको छ।
आजको बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुका नेताले सम्बोधन गर्नेछन्। यस्तै, प्रदेशसभा नियमावली,२०७४ अनुमोदन गर्ने र विभिन्न मन्त्रालयबाट पेस हुन आएको अध्यादेश सदनमा पेस गर्ने सहमति पनि आजको बैठकमा भएको छ।
यस्तै, प्रदेशसभा सदस्य लक्ष्मी घिमिरेका लागि बैठक कक्षको ढोकातिर रहेको सिटमा व्यवस्थापन गर्ने निर्णय पनि भएको छ।
आजको बैठकमा सभामुख र उपसभामुखको निर्वाचनको लागि कार्यतालिका बनाउने पनि सहमति भएको छ। पुस २८ गते सभामुख र उपसभामुख चयनका लागि निर्वाचन गर्ने सहमति भएको छ।