PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेपाल-अमेरिका चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला



पहिलोपोस्ट

नेपाल-अमेरिका चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला

काठमाडौं : नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको छैटौं संस्करणको लागि आवेदन खुला गरिएको छ। अमेरिकास्थित वासिङ्टन डिसीमा असार ७ देखि ९ गतेसम्म हुने महोत्सवमा विश्वभरिबाट नै आवेदन दिन सकिनेछ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मीको समितिले आवेदन दिएका मध्ये उत्कृष्ट चलचित्रहरुलाई प्रदर्शनका लागि छनोट गर्नेछन्। प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट चलचित्रहरुलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ।

महोत्सवमा फिचर फिल्म, वृत्तचित्र, सर्ट फिल्म, एनिमेशनका साथै अन्य विधाका चलचित्रहरु प्रदर्शन गरिनेछन्। नेपालबाहेक अमेरिका र दक्षिण एसियाली देशमा निर्माण भएका स्वतन्त्र सिनेमाहरु यस महोत्सवमा उच्च प्राथमिकतामा पर्नेछन।

यो अवसरमा वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’ अन्तर्गत चलचित्रहरु प्रदर्शन गरिनेछ। स्थापना कालदेखि ‘ग्लोबल पिस फिल्म फेस्टिबल’ फ्लोरिडासँगको सहकार्यमा प्रदर्शन हुदै आएका चलचित्रहरु यो वर्ष पनि समावेश हुने जनाइएको छ।

महोत्सवको अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला समेत आयोजना हुनेछन्। चलचित्र प्रदर्शनपछि निर्देशक, निर्माता तथा कलाकारसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिने समेत आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell