
काठमाडौं : निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। प्रमुख आयुक्त दिनेश कुमार थपलिया नेतृत्वको टोलीले प्रचण्डसँग भेटेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका बारेमा छलफल गरेको आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए।
'राष्ट्रपतिको र उपराष्ट्रपतिको निर्वाचनका बारेमा भेट भएको हो,' भण्डारीले भने।
आयोगका पदाधिकारीले नयाँ सरकार आएपछि पहिलोपटक प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।
भेटका क्रममा प्रचण्डले छलफफल गरेर चाँडै निर्वाचनको मिति तय हुने बताएका थिए।
राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गतेका लागि संघीय संसदको अधिवेशन बोलाएकी छिन्। पहिला सभामुख/उपसभामुखको र त्यसपछि राष्ट्रपति/उपराष्ट्रपतिको निर्वाचन हुनेछ।