
काठमाडौं : आन्तरिक राजश्व विभागको कीर्ते स्टिकरसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले पर्सा वीरगंज महानगरपालिका घर भएका २७ वर्षीय मनिषकुमार साह तेली र २५ वर्षीय रञ्जनकुमार रामलाई नियन्त्रणमा लिएको हो। उनीहरू भारतको रक्सौलबाट वीरगंजतर्फ आउँदै गर्दा समातिएका हुन्। वीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित सडक खण्डमा गोप्य रूपमा निगरानी गर्दै गरेको अवस्थामा प्र.२-०३-००८ प २६६९ नम्बरको मोटरसाइकलमा वीरगंजतर्फ आउँदै गरेको अवस्थामा निजहरूलाई रोकी जाँच गर्दा उनीहरूको साथमा नक्कली स्टिकर फेला परेको प्रहरीले जनाएको छ।
मनिषकुमार साहले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा आन्तरिक राजश्व विभाग लिक्वर २५ अप ३७५ एमएल लेखिएको स्टिकर पाना-१ ३९ स्टिकर भएको फोटो पाना-१ फेला परेको हो।
आन्तरिक राजश्व विभागको स्टिकर ३९ वटासहित अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।