PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

भारतबाट मूल्य बढेर आउँदा पनि आयल निगमलाई पेट्रोल लिटरमै १४ रुपैयाँ नाफा



पहिलोपोस्ट

भारतबाट मूल्य बढेर आउँदा पनि आयल निगमलाई पेट्रोल लिटरमै १४ रुपैयाँ नाफा

काठमाडौंः इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्य बढेर आएको छ। आईओसीले हरेक १५ दिनमा निगमलाई पठाउने नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर आएको हो।

निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धनसँगै खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढेर आएको छ। पेट्रोल लिटरमा २ रुपैयाँ ५४ पैसा, डिजल २ रुपैयाँ ९५ पैसा, हवाई इन्धन ४ रुपैयाँ १३ पैसा र ग्यासमा प्रतिसिलिन्डर ७८ रुपैयाँ २२ पैसा मूल्य बढेर आएको छ।

यसअघि निगमलाई भारतबाट तेलको मूल्य घटेर आएकाले १५ दिनमा १ अर्ब २० करोड रुपैयाँ जस्तो नाफा थियो। यस्तै मासिक रुपमा भने निगमको नाफा २ अर्ब ४० करोड हुने अपेक्षा गरिएको थियो।

अहिले बढेर आएको नयाँ मूल्यका कारण निगमलाई आगामी १५ दिनमा लगभग ९९ करोड रुपैयाँ मात्र नाफा हुने निगम स्रोतको दाबी छ। यस्तै यही मूल्य कायम रहे निगमलाई आगामी एक महिनामा १ अर्ब ९८ करोड नाफा हुन सक्ने प्रक्षेपण गरिएको छ।

ग्यासमा मूल्य बढेर आएका कारण निगमको नाफामा थोरै गिरावट आएको निगमले जनाएको छ। अझै निगमलाई पेट्रोल लिटरमा १४ रुपैयाँ, डिजल लिटरमा ७ रुपैयाँ नाफा हुनेछ। निगमका अनुसार हाल आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम करिब ११ अर्ब रुपैयाँ छ। त्यस्तै सरकारलाई तिर्नुपर्ने ऋण ७ अर्ब रहेको निगम स्रोतको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell