PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

यस्तो छ 'सेफ नेपाल'को सुटिङ सेट

यस्तो छ 'सेफ नेपाल'को सुटिङ सेट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विश्वभर फुड रियालिटी शो 'मास्टर सेफ' चर्चित छ। भारतमा समेत मास्टर सेफको संस्करण पछिल्लो समय चर्चामा छ।

अब अन्तर्राष्ट्रिय स्तरमा चर्चित फुड रियालिटी शो नेपालमा पनि आयोजना हुने भएको छ। नेपालकै पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ आयोजना हुने भएको छ। 

शो कार्यक्रममा चर्चित सेफ सन्तोष साह मास्टर जजका रुपमा रहेन छन्। सन्तोषका साथै शोको निर्णायकमा सेफ गणेशबहादुर ढकाल र लक्ष्मण प्रसाद भण्डारी समेत रहेका छन्।

केही दिनअघि सो कार्यक्रमको ' सुटिङ सेट' सार्वजनिक भएको थियो।  'शो'को सेट भक्तपुरको थिमीस्थित रोयल थाइ हस्पिट्यालिटी भित्र तयार गरिएको छ।

'शो'का निर्माता धर्मराज पाण्डेका अनुसार टेलिभिजनको पर्दाबाट खाना पकाउँदै दर्शक माझ मनोरञ्जन प्रदान गर्नु मुख्य उद्देश्य हो। छिट्टै छायाङ्कन सुरु हुने उक्त 'शो'मा जम्मा १८ एपिसोडको हुनेछन्। ८० प्रतिस्पर्धीहरु 'शो'मा प्रतिस्पर्धा गर्न को लागि तयार छन्। हिमालय टिभीबाट प्रशारण हुने यस कार्यक्रमका विजेताले नगद २५ लाख रुपैयाँ प्राप्त गर्नेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell