PahiloPost

Jul 4, 2024 | २१ असार २०८१

पोखराले काठमाडौँलाई हरायो, महर्जन र थरंगाको अर्धशतक



पहिलोपोस्ट

पोखराले काठमाडौँलाई हरायो, महर्जन र थरंगाको अर्धशतक
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पोखराले काठमाडौँलाई ५ विकेटले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। काठमाडौँका लागि आक्रामक ब्याटिङ गरेका एलेक्स ब्लेकले २८ बलमा ३ चौका र ७ छक्काको सहायतामा ६४ रन बनाए। उनी प्रतियोगितामा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने ब्याट्सम्यानसमेत हुन्। उनीबाहेक सुनम गौतमले ४५ रन बनाउँदा विरनदीप सिंहले ३२ रन बनाए। बलिङतर्फ तुल थापाले २ विकेट लिँदा प्रतिश जिसी र कुशल मल्लले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पोखराले १९.४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। पोखराका लागि सुमित महर्जनले सर्वाधिक ७६ रन बनाउँदा कप्तान उपुल थरंगाले ५८ रन बनाए। पोखरालाई जिततर्फ डोहोर्‍याउन यी दुईले शतकीय साझेदारी गरेका थिए। त्यसबाहेक कुशल भुर्तेल १४ रनमा अविजित रहँदा आशिफ शेखले ७ तथा सिद्दधान्त लोहनीले ३ रन जोडे। आरिफ शेख र अमिर हम्जाले भने कुनै रन जोड्न सकेनन्।

जितसँगै ८ खेलबाट ६ अंक जोडेको पोखरा तालिकाको चौथो स्थानमा छ भने समान ६ अंक जोडेको काठमाडौँ नाइट्स तालिकाको तेस्रो स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell