PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

पोखरा विमानस्थलमा हिमालय एयरबस ३२० सिरिजको जहाज ‘डेमो फ्लाइट’, पहिलो प्राथमकिता चीन



पहिलोपोस्ट

पोखरा विमानस्थलमा हिमालय एयरबस ३२० सिरिजको जहाज ‘डेमो फ्लाइट’, पहिलो प्राथमकिता चीन

काठमाडौं : निजी अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको छ। कम्पनीले यो विमानस्थलबाट नियमित उडानका लागि आइतवार परीक्षण उडान गरेको हो।

कम्पनीले एयरबस ३२० सिरिजको जहाजमार्फत उडान गरेको हो। कम्पनीले व्यवसायिक सम्भाव्यता भएका गन्तव्य हेरेर उडान गर्ने स्पस्ट पारेको छ। कम्पनीकी ब्राण्ड एण्ड सर्भिस इम्प्रुभमेन्ट विभाग प्रमुख उज्वला दलीले एयर रुट हेरेर सम्भाब्यता अध्ययन गर्ने बताउँदै पहिलो प्राथमिकता चीन राखेको जानकारी दिइन्।

दलीले पोखराबाट श्रम गन्तव्य मुलुकमा भने उडान नगर्ने स्पस्ट पारिन्। कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले पोखरा विमानस्थल संचालनमा आउनु सुखद भएको उल्लेख गर्दै यसले पर्यटन व्यवसायलाई उचाईमा पुर्‍याउने जिकिर गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell