PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

रवि लामिछानेको पार्टीलाई झलनाथले भने : बुर्जुवा शक्ति, रहस्यमय तरिकाले उदायो, गृह मन्त्रालय खान थालिसक्यो



पहिलोपोस्ट

रवि लामिछानेको पार्टीलाई झलनाथले भने : बुर्जुवा शक्ति, रहस्यमय तरिकाले उदायो, गृह मन्त्रालय खान थालिसक्यो
फाइल फोटो

काठमाडौं  :  एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई 'बुर्जुवा उदारवादी शक्ति' का रुपमा व्याख्या गरेका छन्। पार्टीको पोलिटब्युरो बैठकमा देशको परिवर्तित स्थिति र हाम्रो दृष्टिकोण शीर्षकमा आफ्नो प्रस्ताव पेश गर्दै खनालले उक्त व्याख्या गरेका हुन्।

८ पृष्ठको खनालको प्रस्तावको पहिलो पृष्ठमै रस्वपाबारे उल्लेख गरिएको छ। उक्त पार्टी रहस्यम शक्तिका रुपमा उदाएको र गृह मन्त्रालय खान थालिसकेको खनालले उल्लेख गरेका छन्। ‘रहस्यमय शक्तिका रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसले गृह मन्त्रालय खान थालिसकेको छ। त्यो पनि आम रुपमा बुर्जुवा उदारवादकै पक्षमा देखिन्छ,’ उनले भनेका छन्। खनालले कांग्रेस, रस्वपा र सीके राउतको जनमत पार्टीलाई बुर्जुवा उदारवादी शक्तिका रुपमा प्रस्तुत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell