PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

उद्घाटनको दोस्रो दिन नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भद्रगोल, यात्रुलाई छैन बस्ने ठाउँ, शौचालय पनि फोहोर



पहिलोपोस्ट

उद्घाटनको दोस्रो दिन नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भद्रगोल, यात्रुलाई छैन बस्ने ठाउँ, शौचालय पनि फोहोर

काठमाडौं : ठूलै तामझाम गरेर हिजो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ सहयोग र ऋणमा बनेको विमानस्थलको उद्घाटन गरेका थिए।

तर, संचालनमा आएको दोस्रो दिन नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापनमा नै भद्रगोल देखिएको छ। आन्तरिक उडान 'डिले' हुँदा आन्तरिक तर्फको यात्रु व्यवस्थापनमै चुकेको विमानस्थल कार्यालय अन्तर्राष्ट्रिय उडानका लागि कतिको व्यवस्थित होला भन्ने प्रश्न उठेको छ।

यतिखेर विमानस्थल टर्मिनल भवनमा रहेका विदेशी पर्यटकसँगै आन्तरिक यात्रु बस्ने ठाउँ नपाएर बिचल्लीमा रहेको एक यात्रुले बताए।

'पाँच सयजना भन्दा बढी यात्रु टर्मिनल हलमा छन्। व्यवस्थापन भद्रगोल छ। यात्रुहरु बस्न सिट नपाएर कोही भुईँमै बसेका छन् त कोही घण्टौँदेखि उभिइरहेका छन्,' ती यात्रुले भने। विमानस्थल कार्यालयसँगै वायुसेवा कम्पनीहरुले यात्रुलाई भएको दुःखमा थाहा नपाए झैं गरिरहेको गुनासो उनले गरे। 'चेक-इन'मा पनि बस्न पर्याप्त ठाउँ नभएको उनले बताए।

नयाँ बनेको विमानस्थलको शौचालयमा फोहोर भरिएको छ। आइतबार उद्‍घाटन समारोह हेर्न ठूलो भीड विमानस्थल आइपुगेको थियो। भीडसँगै भएको फोहोर विमानस्थल व्यवस्थापनले तह लगाइसकेको छैन। त्यसले सोमबार यात्रुलाई अप्ठयारो भएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell