PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

लुम्बिनीमा माओवादी केन्द्रको संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत



पहिलोपोस्ट

लुम्बिनीमा माओवादी केन्द्रको संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत

बुटवल : नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशसभाको संसदीय दलको नेतामा जोखबहादुर महरा चयन भएका छन्। सोमबार बिहान दाङको देउखुरीमा माओवादी केन्द्रका प्रदेश समितिका पदाधिकारीसहित बसेको संसदीय दलको बैठकले महरालाई सर्वसम्मत दलको नेता चयन गरेको प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए।

दलको नेतामा पोलिटब्युरो सदस्य इन्द्रजित थारु, बसन्त घर्तीलेसमेत दाबी गरे पनि महरा सर्वसम्मत भएका हुन्। माओवादी केन्द्रको स्थायी समितिका सदस्य महरा रोल्पा १ (क) बाट निर्वाचित भएका हुन्।

संसदीय दलको उपनेता र सचेतक पछि चयन गर्ने प्रदेश अध्यक्ष बरालले बताए। लुम्बिनी प्रदेश सभामा माओवादीका ९ जना सांसद छन्। प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसपछि तेस्रो ठूलो दल माओवादी केन्द्र हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell