PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने



पहिलोपोस्ट

प्रधानमन्त्रीले पुस २६ गते विश्वासको मत लिने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिन चाहेको भन्दै संघीय संसदलाई पत्र लेखेका हुन्।

विश्वासको मत लिन संघीय संसदलाई पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए। 'बैठकको एजेण्डामा राखिदिनुस भनेर अनुरोध आएको छ,' पाण्डेले भने। प्रतिनिधि सभाको २६ गतेको बैठकमा प्रचण्डले विश्वासको मत लिने छन्।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन्। संसदका जेष्ठ सदस्य पशुपति शम्शेर राणाले २२ गते सर्वदलीय बैठक बोलाएका छन्। उक्त बैठकले प्रतिनिधि सभाको बैठकको एजेण्डा तय गर्ने छ।

सरकारलाई ७ दलका १६६ र ३ जना स्वतन्त्र गरी १६९ जनाको समर्थन छ। प्रतिनिधि सभामा विश्वासको मत पाउन प्रचण्डले २७५ सदस्यमध्ये १३८ जनाको मत आफ्नो पक्षमा रहेको देखाउनुपर्ने छ। विश्वासको मत लिनुअघि प्रतिनिधि सभाको नियमावली पारित हुनुपर्ने पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell