PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सचिवको रिपोर्टिङ सुन्दै प्रचण्ड : काँधमा १८ मन्त्रालयको जिम्मेवारी, प्रधानमन्त्री भएको हप्ता दिनमै एकपछि अर्को निर्देशन 



पहिलोपोस्ट

सचिवको रिपोर्टिङ सुन्दै प्रचण्ड : काँधमा १८ मन्त्रालयको जिम्मेवारी, प्रधानमन्त्री भएको हप्ता दिनमै एकपछि अर्को निर्देशन 

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गरिरहेका छन्। सचिवहरुबाट रिपोर्ट सुन्न र निर्देशन दिन प्रचण्डले सचिवहरुलाई छलफलमा बोलाएका हुन्।

प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक मन्त्रालयका सचिवहरुसँग छलफल गर्न लागेका हुन्। सरकारमा हाल ८ जनाको मात्रै मन्त्रिपरिषद् छ। यद्यपि, ३ जनाले मात्र मन्त्रालय सम्हालेका छन्। बाँकी खाली रहेका १८ मन्त्रालयको जिम्मा अहिले प्रधानमन्त्रीसँगै छ। ४ जना मन्त्री बिना विभागिय छन्।

प्रधानमन्त्री भएपछि उनले यसअघिका सरकारको पालामा भएको केही निर्णय सच्याउन तत्काल नै निर्णय गरेका थिए। विदेशबाट आउने व्यक्तिले व्यक्तिगत प्रयोजनकासाथै अर्को सेट मोबाइल ल्याउँदा भन्सार शुल्क लाग्ने निर्णयलाई तत्काल रोक्न शुक्रवारमात्र प्रचण्डले निर्देशन दिएका थिए। यो सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको जिम्मेवारी हो। यस्तै शनिवार दुधमा बढेको मुल्य फिर्ता गराउन पशुपंक्षी मन्त्रालयका सचिवहरुलाई बोलाएर निर्देशन दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले यसपटक आफ्नो सरकारले राम्रो मात्रै काम गर्ने दाबी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell