PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

फार वेस्ट युनाइटेडलाई जनकपुरको १ सय ६२ रनको लक्ष्य, जोराको अर्धशतक



पहिलोपोस्ट

फार वेस्ट युनाइटेडलाई जनकपुरको १ सय ६२ रनको लक्ष्य, जोराको अर्धशतक
Photo: CAN

काठमाडौँ : नेपाल टी २० लिग अन्तर्गत आज जारी दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई १ सय ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको जनकपुर रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको हो।

जनकपुरका लागि सन्दिप जोराले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५५ रन बनाउँदा कप्तान ट्रेभोन ग्रिफ्फितले ३२, चाडविक वाल्टनले २४ तथा शरफुद्दिन अस्रफले २० रन बनाए। त्यस्तै राजेश पुलामी मगरले १६ रन बनाए।

बलिङतर्फ फार वेस्टका प्रकाश जैशीले ३ विकेट लिँदा भुवन कार्कीले २ तथा नूर अहमेदले १ विकेट लिए।

फारवेस्ट केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell