PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भक्तपुर नगरको दरबार क्षेत्र प्रवेश गर्दा नेपाली रुपैयाँ भुक्तानी गर्ने पर्यटकले अब १ हजार ८०० रुपैयाँ तिर्नुपर्ने



पहिलोपोस्ट

भक्तपुर नगरको दरबार क्षेत्र प्रवेश गर्दा नेपाली रुपैयाँ भुक्तानी गर्ने पर्यटकले अब १ हजार ८०० रुपैयाँ तिर्नुपर्ने

काठमाडौं : अमेरिकी डलरको भाउ बढेको भन्दै भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र प्रवेश गर्ने विदेशी पर्यटकसँग लिँदै आएको पर्यटन शुल्क वृद्धि गरेको छ। नगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबारस्कवायरलगायत नगरपालिकाभित्रका सम्पदा अवलोकनका लागि प्रवेश गर्ने विदेशी पर्यटकबाट असुल गर्दै आएको पर्यटन शुल्कमा २०२३ जनवरी १ देखि लागू हुने गरि वृद्धि गरेको हो।              

नगरपालिकाका पर्यटन सूचना केन्द प्रमुख गौतम लासिवाले अमेरिकी डलरको मूल्य उच्च रुपमा वृद्धि हुँदै गएपछि नगरपालिकाले पर्यटन शुल्कमा सोही अनुरुप शुल्क समायोजन गरेको बताए। नगरपालिका प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकसँग लिँदै आएको पाँच सय रुपैयाँ शुल्क भने यथावतै राखिएको छ। सार्क राष्ट्र बाहेक अन्य राष्ट्रका पर्यटकसँग एक हजार पाँचसय लिँदै आएकामा अब जनही एक हजार ८०० रुपैयाँ लिने निर्णय भएको उनले बताए।

प्रमुख लासिवाले भने, 'नगरपालिकाले नगर परिषद्बाटै शुल्क समायोजन गर्ने निर्णय गरेको थियो। त्यसलाई जनवरी १ देखि लागू गरेका हौं। डलरको मूल्य एक सय ३० को हाराहारीमा पुगेकाले मूल्य समायोजन गरेका हौं। डलरमा शुल्क भुक्तानी गर्नेसँग १५ अमेरिकी डलर नै लिने र नेपाली रुपैयाँ भुक्तानी गर्नेको हकमा एक हजार आठसय लिने निर्णय भएको छ।' रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell