PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

के फेब्रुअरी ६ मा बिहे गर्दैछन् सिद्धार्थ र कियारा?



पहिलोपोस्ट

के फेब्रुअरी ६ मा बिहे गर्दैछन् सिद्धार्थ र कियारा?

बलिउडमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीको जोडी अहिले चर्चामा छ। यसैबिच, यी दुबैले छिट्टै बिहे गर्न लागेको खबर भारतीय संचारमाध्यममा बाहिरिएको छ।

सिद्धार्थ र कियाराले फेब्रुअरी ६ मा विवाह गर्न लागेको इटाइम्सले दाबी गरेको हो। त्यसपछि सो हल्लाले निकै व्यापकता पाएको छ। बिहेका लागि फेब्रुअरी ४, ५ र ६ गते नै पक्का गरिएको सो समाचार पोर्टले जनाएको छ। फेब्रुअरी ४ र ५ मा मेहेन्दी, हल्दी र संगीत समारोह हुनेछ भने ६ गते बैवाहिक कार्यक्रम गरिने जनाइएको छ।

उनीहरुको बिहे जैसलमेरको होटल सुर्यगढमा हुने लागेको समेत उल्लेख गरिएको छ। बिहे समारोहमा सुरक्षा व्यवस्था कडा गर्न सुरक्षाकर्मी र अंगरक्षकहरुलाई फेब्रुअरी ३ गते नै जैसलमेरमा पठाइनेछ।

बिहेको खबर फैलिए पनि सिद्धार्थ र कियाराले यसबारेमा कुनै जानकारी दिएका छैनन्। वेब सिरिज ‘लभ स्टोरिज’ पार्टीमा सिद्धार्थ र कियाराको पहिलो भेट भएको थियो। त्यसपछि उनीहरुले बलिउड फिल्म ‘शेरशाह’ एकसाथ काम गरेका थिए। 'शेरशाह' मा काम गरेसँगै दुबै एकअर्कासँग नजिकिएको समेत बताइन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell