PahiloPost

Jul 3, 2024 | २० असार २०८१

वाग्मती प्रदेश सभाको पहिलो बैठक : पाँचवटा अध्यादेश टेबल, सभामुखको निर्वाचनको मिति तय



पहिलोपोस्ट

वाग्मती प्रदेश सभाको पहिलो बैठक : पाँचवटा अध्यादेश टेबल, सभामुखको निर्वाचनको मिति तय

हेटौंडा : वाग्मती प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरि बैठक संचालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।

आज बसेको प्रदेशसभाको पहिले बैठकको अध्यक्षता ज्येष्ठ सदस्य राप्रसाद ढुंगानाले गरेका थिए। बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन ,संचालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश ,२०७९ र स्थानीय तहका सेवाको गठन तथा संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ,२०७९ टेबल गरेका थिए।

त्यसैगरि, संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन , २०७५ लाई संसोधन गर्न बनेको अध्यादेश टेबल गरेका थिए। बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश ,२०७९ पेश गरेका थिए। यसैगरि, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा संचालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए।

बैठकमा प्रदेशसभा नियामावाली पहिलो संसोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्यहरु उर्मिला नेपाल , भारती पाठक, ठाकुर प्रसाद ढकाल , लक्ष्मी घिमिरे , राजेन्द्रमान श्रेष्ठलाई मनोनित गरेको छ।

आजको बैठकले वाग्मती प्रदेशका सभामुख र उपसभामुखको चयनका लागि यहि पुष २९ गते शुक्रवार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रार बिहान ११ बजे बस्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell