PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

फार वेस्ट युनाइटेडमाथि जनकपुर रोयल्सको सहज जित



पहिलोपोस्ट

फार वेस्ट युनाइटेडमाथि जनकपुर रोयल्सको सहज जित
Photo: CAN

काठमाडौँ : नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा जनकपुर रोयल्सले फार वेस्ट युनाइटेडलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा जनकपुरले फार वेस्टलाई ८२ रनले हराएको हो।

टस हारेर ब्याटिङमा उत्रिएको जनकपुर रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको फार वेस्ट ७९ रनमा अलआउट भयो।

जनकपुरका लागि सन्दिप जोराले अर्धशतकीय पारि खेल्दै सर्वाधिक ५५ रन बनाउँदा कप्तान ट्रेभोन ग्रिफ्फितले ३२, चाडविक वाल्टनले २४ तथा शरफुद्दिन अस्रफले २० रन बनाए। त्यस्तै राजेश पुलामी मगरले १६ रन बनाए।

बलिङतर्फ फार वेस्टका प्रकाश जैशीले ३ विकेट लिँदा भुवन कार्कीले २ तथा नूर अहमेदले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको फार वेस्टका लागि कप्तान हसमतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन बनाउँदा राशिद खानले अविजित १७ रन तथा भीम सार्कीले १६ रन बनाए। फार वेस्टलाई सस्तैमा समेट्न समीउल्लाह शिनवारीले सर्वाधिक ३ विकेट लिँदा सोमपाल कामी र पवन सर्राफले समान २ विकेट लिए। त्यस्तै शरफुद्दिन असरफ, जितेन्द्र मुखिया र ललित राजवंशीले समान १ विकेट लिए।

जितसँगै ७ खेलबाट १० अंक जोडेको जनकपुर तालिकाको दोस्रो स्थानमा छ भने २ अंक जोडेर तालिकाको पुछारमा रहेको फार वेस्टको प्लेअफ पुग्ने सम्भावना कमजोर बन्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell