PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

नर्भिक हस्पिटलमा पनि मृगौला प्रत्यारोपण हुने, कति लाग्छ खर्च?



पहिलोपोस्ट

नर्भिक हस्पिटलमा पनि मृगौला प्रत्यारोपण हुने, कति लाग्छ खर्च?

काठमाडौं : नर्भिक इन्टरनेशनल हस्पिटलले मृगौला प्रत्यारोपण सेवा सुरू गरेको छ। यसअघि अस्पतालले जेनेटिक ल्याब सहितको आइभीएफ सेन्टर र कस्मेटिक एण्ड डर्मेटोलोजी सेन्टर संचालनमा ल्याएको थियो।

हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले तीन महिना अगाडि सरकारबाट स्वीकृति लिएर मृगौला प्रत्यारोपण सेवा सुरु गरेको जानकारी दिए। हस्पिटलले दुई विरामीको मृगौला प्रत्यारोपण गरिसकेको उनले जानकारी दिए।

 ‘दुई मध्ये पहिलो केस अलि जटिल थियो। तर, नर्भिकमा भएको स्तरीय उपचार सेवाका कारण सफलतापूर्वक प्रत्यारोपण भएको छ,' मिश्रले भने।  मृगौला प्रत्यारोपण गर्न केस हेरेर १२ लाखदेखि २० लाखसम्म खर्च लाग्ने उनले बताए।

डा. राकेश बर्मा र डा. आरके अग्रवाल नेतृत्वको टीमले मृगौला प्रत्यारोपण गर्ने उनले बताए। यो बाहेक हस्पिटलले कलेजो प्रत्यारोपणका लागि स्वीकृति लिने प्रक्रिया अगाडि बढाएको मिश्रले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell