PahiloPost

Jun 24, 2026 | १० असार २०८३

चिसो बढेपछि रोहिणीका विद्यालय एक हप्ताका लागि बन्द



पहिलोपोस्ट

चिसो बढेपछि रोहिणीका विद्यालय एक हप्ताका लागि बन्द

बुटवल : चिसो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालय एक हप्तासम्मका लागि बन्द हुने भएका छन्।

गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले चिसोमा बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै पुस १९ देखि २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयमा बिदा दिने निर्णय गरिएको जानकारी दिए। गाउँपालिकाले सोमवार जारी गरेको सूचनामा मौसम प्रतिकुल भइ चिसो बढेकाले वर्षे बिदाबाट कट्टी हुने गरी ६ दिन विद्यालयहरू बन्द रहने उल्लेख गरिएको छ।

दुई दिनदेखि तराइका जिल्लाहरु शीतलहर र हुस्सुका कारण जनजीवन कष्टकर हुँदै गएको छ। बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण तापक्रम घट्दै गएको छ। शीतलहर र हुस्सुका कारण चिसो बढेपछि बजार क्षेत्रमासमेत चहलपहल घटेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell