PahiloPost

Jun 24, 2026 | १० असार २०८३

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक समातिए



पहिलोपोस्ट

स्रोत नखुलेको भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिक समातिए

काठमाडौंः स्रोत नखुलेको भारतीय रुपैयाँ सहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ४ लाख ४९ हजार ५ सय भारतीय रूपैयाँ सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारत मोतीहारी गोपालपुर बल्हाचोक बस्ने ३५ वर्षीय आजात कुमार मालाकार र सोही ठाउँ बस्ने २२ वर्षीय संजिव कुमार तिवारी रहेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन १५९० नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा उक्त भारतीय रुपैयाँ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell