PahiloPost

May 15, 2024 | २ जेठ २०८१

लिभरपुल ब्रेन्टफोर्डसँग पराजित



पहिलोपोस्ट

लिभरपुल ब्रेन्टफोर्डसँग पराजित
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल ब्रेन्टफोर्डसँग पराजित भएको छ। जिटेक क्यम्युनिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली ब्रेन्टफोर्डले लिभरपुललाई ३-१ गोलअन्तरले हराएको हो।

खेलको १९ औं मिनेटमा इब्राहिमा कोनेटले आत्मघाती गोल गर्न पुग्दा ब्रेन्टफोर्डले अग्रता बनाएको थियो। त्यस्तै ४२ औं मिनेटमा योएन विस्साले गोल थप्दा पहिलो हाफमै घरेलु टोली २-० गोलअन्तरले अघि रह्यो। अर्कोतर्फ ५० औं मिनेटमा गोल गर्दै एलेक्स अक्सलेड चेम्बरलेनले लिभरपुललाई खेलमा फर्काउने प्रयास गरे। तर, ८४ औं मिनेटमा ब्रेन्टफोर्डका ब्रयन एमबेउमोले गोल थप्दा लिभरपुल ३-१ गोलअन्तरले पराजित भयो।

जितसँगै ब्रेन्टफोर्ड २६ अंक जोडेर अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ। त्यस्तै २८ अंक जोडेको लिभरपुल भने तालिकाको छैटौँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell