A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69969918543058.69768077): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69969918543058.69768077,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69969918594603.61203785): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69969918594603.61203785,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भजनी नगरपालिकाको सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन
PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

भजनी नगरपालिकाको सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन



रासस

भजनी नगरपालिकाको सहरी स्वस्थ्य केन्द्र : भवन छ, सेवा छैन
फोटो : रासस।

भजनी : कैलालीको भजनी नगरपालिका-३ को सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण सम्पन्न भएको एक वर्षसम्ममा पनि सञ्चालनमा आउन सकेको छैन। हुलाकी राजमार्गअन्तर्गत ठेकीपुरस्थित निर्माण सम्पन्न भएको भवन डुबानको समस्या र विद्युत् लाइनको विस्तार हुन नसक्दा सञ्चालनमा आउन नसकेको हो।

निर्माण भएको भवन वर्षायाममा डुबानमा पर्छ। हुलाकी सडकको उचाइभन्दा कम उचाइमा निर्माण भएको भवन बाढी र डुबानको जोखिममा रहँदै आएको जनाइएको छ। प्राविधिकको कमजोरीले भवन निर्माण गर्दा ध्यान नपुर्‍याएका कारण समस्या आएको स्थानीय रामबहादुर चौधरी बताए।

‘भवन निर्माण भयो। जहाँ बस्ती नै छैन त्यो ठाउँमा। त्यो पनि वर्षायाममा डुबान हुने ठाउँमा’, उनले भने, ‘बाढी आयो भने हुलाकी सडक डुब्छ भन्ने थाहा हुँदाहुँदै गहिरोमा भवन निर्माण नहुनुपर्ने हो, त्यो भयो। अब नगरपालिकाले सञ्चालनमा ल्याउन सक्नुपर्थ्यो।’

सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण हुँदा पनि स्थानीयवासीले विरोध गरेका थिए। त्यो ठाउँमा भवन उपयुक्त छैन भन्ने विवादका बिच भवन निर्माण भएको थियो। विवादका बाबजुद पनि नगरपालिकाले भवनको स्वामित्व लिइसकेको छ।

नगरपालिका भने भवनको लागत अनुमान नै त्यस्तै भएको दाबी गर्छ। नगरपालिकाका इञ्जिनियर अनिश श्रेष्ठले स्वस्थ्य केन्द्रको भवन निर्माण भएको क्षेत्रमा नभई वडा नम्बर ३ को कार्यालय नजिकै कान्द्रा नदी किनारमा निर्माण हुने गरी ‘डिजाइन’ भएको बताएका छन्।

‘पहिले कान्द्रा नदीको किनारमा रहेको खाली ठाउँमा सहरी स्वस्थ्य केन्द्रको भवन निर्माण गर्ने कुरा थियो। पछि नदीका कारण भवन जोखिममा पर्नसक्ने जनाउँदै त्यहाँ भवन निर्माण नगर्ने कुरा भयो’, उनले भने, ‘अन्तिममा एक जनाले जग्गा दान गर्छु भनेर जग्गा दान दिएपछि पुरानो ठाउँबाट उक्त भवनलाई नयाँ ठाउँमा सारिएको हो।’

उनका अनुसार डिजाइन लागत अनुमानभन्दा भवनको उचाइ निकै बढाइएको छ। भवनको उचाइ दुई फिटभन्दा बढी उठाएर निर्माण गरिएको इञ्जिनियर श्रेष्ठको दाबी छ। उनले एक ठाउँमा भएको लागत अनुमानलाई अर्को स्थानमा स्थानान्तरण गर्दा केही भाग गहिरोमा परेको बताए।

४३ लाख ९१ हजार सात सय ६० रुपैयाँ बजेटमा ४१ लाख २१ लाख आठ सय ८५ निर्माण कम्पनीलाई नगरपालिकाले भुक्तानी गरेको छ। लागतमा निर्माण भएको उक्त भवनको काम २०७८ पुस २८ गते सम्पन्न भइसकेको थियो। रिया कन्स्ट्रक्सनले निर्माण गरेको सहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि सङ्घीय स्वस्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बजेट व्यवस्था गरेको इञ्जिनियर श्रेष्ठले बताए।

‘वडा नम्बर ३ र ४ मा दुईवटा सहरी स्वस्थ्य केन्द्रको भवन निर्माणका लागि एक करोड रुपैयाँ बजेट आएको थियो। यसैअनुसार भवन निर्माण भएर वडा नम्बर ४ को सञ्चालनमा आइसकेको छ’, उनले भने, ‘वडा नम्बर ३ को भने बाढीको डुबानको समस्याले नभई विद्युत् लाइन नपुग्दा सञ्चालनमा ल्याउन नसकिएको हो।’ भवनको बाहिरी भागमा माटो पटानीको कामसमेत हुनसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell