PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

९ ओभरमा खेल घटाएर खेल्न तयार टोली, के भयो सहमति?



पहिलोपोस्ट

९ ओभरमा खेल घटाएर खेल्न तयार टोली, के भयो सहमति?

काठमाडौं : नेपाल टी २० लिग अन्तर्गत मंगलवार हुने पहिलो खेल तनावका बिच निर्धारित समयमा सुरु हुन सकेन। खेलाडीले पारिश्रमिक नपाइ नखेल्ने बताएपछि टस नभइ खेल रोकिएको थियो।

खेल सुरुमा १० ओभरमा घटाउने निर्णय भए पनि पछि ९ ओभरमा घटाइएको जनाएको छ। क्यानका पदाधिकारीले आज साँझसम्म सहमति अनुसारको पारिश्रमिक खेलाडीलाई दिने सर्तमा खेलाडी खेल्न तयार भएको जनाएका छन्।

यद्यपि विवादबारे सबै आधिकारिक जानकारी भने पत्रकार सम्मेलन गरेर दिने क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जनाए।

सहमतिपछि खेलको टस् पनि भएको छ। काठमाडौंले जनकपुरविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

क्यानसँगको साझेदार संस्था सेभेनथ्री स्पोर्ट्सका मालिक जतिन अलुवालिया सम्पर्कविहीन भएपछि लिग अन्योलमा पुगेको छ। यद्यपि, क्यान पदाधिकारीले भने उनी पैसा नेपाल पठाउन भारत गएको र केही घन्टामात्र सम्पर्क हुन नसकेको दाबी गरेका छन्।

आजै क्यानले यसबारे आधिकारिक जानकारी दिने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell