PahiloPost

Dec 16, 2024 | १ पुष २०८१

पुस ७ गते शपथ लिन छुटेका प्रेम आले र माया राईले आज लिँदै शपथ



पहिलोपोस्ट

पुस ७ गते शपथ लिन छुटेका प्रेम आले र माया राईले आज लिँदै शपथ

काठमाडौं : प्रतिनिधिसभा सदस्यमा शपथ लिन छुटेका प्रेम आले र माया राईले मंगलवार सपथ लिने भएका छन्। सिंहदरवारस्थित संघीय संसद्को सचिवालयको कानुन समितिको हलमा सपथ हुने भएको हो।

दिउँसो साढे १२ बजे शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको छ। प्रतिनिधिसभाका अरु सदस्यले जेष्ठ सदस्य पशुपति शम्शेरबाट पुस ७ गते संघीय संसद् भवन बानेश्वरमा लिएका थिए।

राई सुत्केरी भएका कारण सपथ लिन छुटेकी थिइन भने आलेले पारिवारिक शोकका कारण शपथ लिन पाएनन्। आले नेकपा (एकीकृत समाजवादी)बाट सांसद निर्वाचित भएका थिए। राई नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell