PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पारिश्रमिक विवादपछि ढिला गरेर सुरु भएको खेलमा विराटनगरलाई काठमाडौँको ९३ रनको लक्ष्य



पहिलोपोस्ट

पारिश्रमिक विवादपछि ढिला गरेर सुरु भएको खेलमा विराटनगरलाई काठमाडौँको ९३ रनको लक्ष्य

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज जारी खेलको पहिलो खेलमा काठमाडौँ नाइट्सले विराटनगर सुपरकिंग्सलाई ९३ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङमा उत्रिएको काठमाडौँले निर्धारित ९ ओभरमा ५ विकेट गुमाउँदै ९२ रन बनाएको हो।

खेलाडी र फ्रेन्चाइजीबीचको पारिश्रमिक विवादले निर्धारित समयमा खेल सुरु हुन सकेन। तर, सहमतिको वातावरण बनेपछि खेल ९ ओभरमा छोट्याएर खेलाइएको थियो।

सुरुवाती ब्याटिङ गरेको काठमाडौँका लागि सन्दीप रजालीले सर्वाधिक अविजित ३२ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्ल र कमलसिंह ऐरीले समान १४ रन बनाए। त्यस्तै एलेक्स ब्लेकले १३ रन बनाए।

बलिङतर्फ विराटनगरका नन्दन यादवले ३ विकेट लिँदा हुसैन तलत र केओन् जोसेपले समान १ विकेट लिए।

विराटनगर केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell