PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

गए राति बुढानिलकण्ठमा सवारी दुर्घटना हुँदा १९ वर्षीय किशोरको मृत्यु



पहिलोपोस्ट

गए राति बुढानिलकण्ठमा सवारी दुर्घटना हुँदा १९ वर्षीय किशोरको मृत्यु

काठमाडौंः काठमाडौंको बुढानिलकण्ठमा सवारी दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ।

 बुढानिलकण्ठ नगरपालिका-८ गोल्फुटारमा मण्डिखाटारबाट गोल्फुटारतर्फ जाँदै गरेको बा.४४ प २४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना भएको थियो। दुर्घटना हुँदा चालक सप्तरी बोदेबसाई नगरपालिका-३ घर भई हाल काठमाडौं गोल्फुटार बस्ने १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको टिचिङ अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell