PahiloPost

May 1, 2025 | १८ बैशाख २०८२

राष्ट्रिय बालनाटक महोत्सवको तयारी हुँदै



पहिलोपोस्ट

राष्ट्रिय बालनाटक महोत्सवको तयारी हुँदै

काठमाडौं : राष्ट्रिय बालनाटक महोत्सवको १४ औं संस्करण आयोजना हुने भएको छ। शैली थिएटरले गर्न लागेको यो महोत्सव माघको अन्तिम साता वा फागुनको दोस्रो साता गर्ने तयारी भइरहेको छ।

कोरोना महामारीका कारण विगत दुई वर्ष भर्चुअल रूपमा सम्पन्न भएको महोत्सव यस वर्ष भौतिक उपस्थितिमै हुन लागेको हो। रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा हुने महोत्सव १० दिनसम्म चल्नेछ।

महोत्सवमा सहभागी हुन चाहने व्यक्ति, संघसंस्था, नाट्य समूह, विद्यालय तथा इच्छुकले पुस २५ गतेभित्र नाटकको 'स्क्रिप्ट' बुझाउनु पर्नेछ। नाटकको कथावस्तु बालबालिकासँग सम्बन्धित हुनुपर्नेछ।

नाटकको आलेख जुनसुकै भाषामा दर्ता गरिए पनि नेपालभित्र बोलिने मातृभाषामा भएका नाटक आलेख छनोटको प्राथमिकतामा राखिनेछ। भाषाबिहीन नाट्य प्रस्तुतिको हकमा भने पूर्ण विवरणसहितको कथासारलाई आलेखको रुपमा दर्ता गराउन सकिने बताइएको छ।

त्यसैगरि, जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने नाटक एकल वा समूहगत रुपमा कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्नेछ।आवेदनबाट छानिएका नाटकहरुको अन्तिम सुची माघ ५ गते सार्वजनिक गरिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell