PahiloPost

Apr 29, 2025 | १६ बैशाख २०८२

मैदानमा फिक्सिङ, बाहिर बेटिङ : डिएसपीको कमाण्डमा प्रहरीको सुक्ष्म अनुसन्धान



पहिलोपोस्ट

मैदानमा फिक्सिङ, बाहिर बेटिङ : डिएसपीको कमाण्डमा प्रहरीको सुक्ष्म अनुसन्धान

काठमाडौं : एक सातादेखि प्रहरीले कीर्तिपुर क्रिकेट मैदानमा निगरानी जारी राखेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सिआइबी)ले डिएसपीको कमान्डमा रंगशालाको गतिविधिलाई नियालिरहेको हो।

कुन टिमले कस्तो खेल खेल्यो भनेर हेर्न भने पक्कै होइन। सादा पोशाकमा खटिएका उनीहरुले मैदानभित्र र बाहिर हुनसक्ने अपराधिक गतिविधिलाई नजिकबाट केलाउन शुरु गरेको प्रहरीले जनाएको छ। मैदानमा हुनसक्ने म्याच फिक्सिङ र बाहिर हुने सट्टेबाजीलाई नजिकबाट केलाइरहेको हो।

'हाम्रो टोलीले सर्भिलेन्स गरिरहेको छ। सादा पोशाकमा हाम्रो टोली अहिले पनि त्यही छ। तर फिक्सिङ भएको भन्ने प्रमाण फेला परेको छैन,' सिआइबीका प्रवक्ता एसपी कमल थापाले भने।

त्यसो त कीर्तिपुर नगरपालिका-१० स्थित क्रिकेट खेल मैदानमा नेपाल टी २० पुरुष राष्ट्रिय क्रिकेट लिगमा अनलाइन बेटिङमार्फत सट्टेबाजी खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा रुपन्देही तिलोत्तमा नगरपालिका-३ घर भई हाल काठमाडौं बानेश्वर बस्ने २८ वर्षीय प्रकाश पाण्डेसमेत ३ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुले पुरुष राष्ट्रिय क्रिकेट खेल अन्तर्गत काठमाडौं नाइट्स र जनकपुर रोयल्सबिच भएको खेलमा मोबाइल फोनको प्रयोग गरी हार-जितको लागि अनलाइन बेटिङ भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई ५ थान मोबाइल र नगद ३ हजार ५ सय २० रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो।

त्यसपछि पनि थप अन्य दुई जना समातिए। उनीहरु माथि पनि सट्टेबाजी गरेको आरोप लागेको छ। प्रहरीले अहिले यस्ता गतिविधिको अनुसन्धान गरिरहेको छ।  खेलभित्र फिक्सिङ भइरहेको घटना बाहिरिएको छ। जसलाई खेलका कमेन्टेटर सचिन तिमल्सेनाको भिडियो अभिब्यक्तिले झनै बलियो बनाएको छ।

कमेन्टेटर तिमल्सिनाले भिडियोमार्फत खेलमा फिक्सिङ भएको भन्दै आफू बाहिरिएको बताएका छन्। त्यसपछि प्रहरी झनै आक्रमक बनेर अनुसन्धानमा खटिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell