PahiloPost

Aug 16, 2025 | ३२ साउन २०८२

सुनका गहना लुट्न ६० वर्षीया राधाको हत्या गर्ने भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

सुनका गहना लुट्न ६० वर्षीया राधाको हत्या गर्ने भारतीय नागरिक पक्राउ

बुटवल: अर्घाखाँचीको शीतगंगा नगरपालिका–१० की ६० वर्षीया राधा थापाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको नई पालम बिहार गुडगाँव हरियाणा घर भई शीतगंगा–१० बोरखोरमा बस्ने २३ वर्षीय सुशान्त सिंह रहेका छन्। आइतबार बिहान शितगंगा नगरपालिका–१० सिद्धारा बोखोरस्थित जङ्गलमा टाउकोमा गहिरो चोट लागेको अवस्थामा थापाको शव फेला परेको थियो। घटनाको अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगा नगरपालिका–११ मुन्द्रीबासस्थित जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको प्रहरी निरीक्षक होमनाथ रेग्मीले जानकारी दिए। 

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजनाका साथ सिंहले दूध लिन गएकी राधालाई ढुङ्गा र हँसिया प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीले आरोपी सिंहलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell