PahiloPost

Apr 24, 2026 | ११ बैशाख २०८३

फिल्मका लागि २० केजी तौल घटाएँ : विजय लामा



पहिलोपोस्ट

फिल्मका लागि २० केजी तौल घटाएँ : विजय लामा
Photo : Bijay lama/Facebook

काठमाडौं : क्याप्टेन तथा कलाकार विजय लामाले फिल्म ‘अन्तिम संस्कार’ आफ्नो लागि फरक रहेको बताएका छन्। निर्माण टिमले निकै चुनौती मोलेर काम गरेको हुँदा एउटा उत्कृष्ट फिल्म बनेको लामाको भनाई छ।

हिमालपारीको जिल्ला मुस्ताङमा माइनस डिग्री सेल्सीयसमा फिल्मको छायाङ्कन गरिएको थियो। दिनको १८ देखि २१ घण्टासम्म खटिदा निकै दु:ख भोग्नुपरेको लामा सम्झन्छन्। चलचित्रका लागि आफूले २० केजी तौल घटाएको समेत उनले दाबी गरे।

साथै, लामाले यस फिल्मलाई बुवाले दिएको अन्तिम उपहारको रुपमा लिएका छन्। उनले बुवाको अन्तिम संस्कार गरिरहेको समयमा नै ‘अन्तिम संस्कार’ चलचित्र साइन गरेका थिए। सोहीकारण उनका लागि यो फिल्म भावनात्मक हिसाबले पनि विशेष छ। ‘मलाई बुवाले नै चलचित्र क्षेत्रमा ल्याउनुभएको थियो। उहाँ संसारबाट बिदा हुँदा पनि मलाई चलचित्र दिएर जानुभयो। अन्तिम संस्कारलाई म मेरो बुवाले दिएको अन्तिम उपहारका रुपमा लिएको छु’ उनले भने।

साथै फिल्ममा नेपालीको कथा रहेको हुँदा सबैजना भावनात्मक रुपमा फिल्मसँग जोडिने समेत उनले बताए। ‘अन्तिम संस्कार’लाई लण्डनमा फिल्म मेकिङ पढेर आएका प्रदीप शाहीले निर्देशन गरेका हुन्। चलचित्रमा विजयका साथै दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell