PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

३० बुँदे निर्देशन जारी गर्दै प्रचण्डले सचिवहरुलाई भने : ठ्याक्कै तपाईँहरुले भनेकोजस्तो स्थिति छैन



पहिलोपोस्ट

३० बुँदे निर्देशन जारी गर्दै प्रचण्डले सचिवहरुलाई भने : ठ्याक्कै तपाईँहरुले भनेकोजस्तो स्थिति छैन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सचिवहरुलाई ३० बुँदे निर्देशन दिएका छन्। सोमवार र मंगलवार मन्त्रालयका सचिवहरुको रिपोर्टिङ सुनेका प्रचण्डले आज ३० बुँदे निर्देशन दिएका हुन्। आफूले कर्मचारीको पूर्ण सामर्थन चाहेको प्रचण्डको निर्देशनमा उल्लेख छ। मन्त्रिपरिषदले पूर्णता नपाएकाले मन्त्री नियुक्त नभएका मन्त्रालयलाई सचिवहरुलको सहयोगमा आफूले मन्त्रालय चलाउने प्रचण्डले बताए। 'मन्त्रीहरुले मन्त्रालय नसम्हालुन्जेल तपाईहरुकै भरमा मैले धेरै मन्त्रालयका कामहरु गर्नुपर्ने भएको छ र तपाईहरुमा पनि जिम्मेवारी थपिएको छ,' प्रचण्डले भनेका छन्।

मन्त्रिपरिषदले पूर्णता पाएपछि फेरि मन्त्रीहरूसहित प्रचण्डले सचिवहरुसँग छलफल गर्ने बताएका छन्। दुई दिन सचिवहरुले सुनाएको रिपोर्टिङमा स्थिति सामान्य रहेको आफूले सुने पनि परिस्थिति त्यो भन्दा भिन्न भएको प्रधानमन्त्रीको भनाइ छ। 'तपाईहरुले यहाँ प्रस्तुत गर्दा सबै कुरा ठीकै जस्तो गरी विषयवस्तुहरु प्रस्तुत गर्नुभयो। ठ्याक्कै तपाईहरुले भने जस्तो सामान्य अवस्था रहेको भए त राम्रो हो। तर यथार्थ त्योभन्दा फरक छ भन्ने मैले बुझेको छु,' प्रचण्डले भनेका छन्। प्रचण्डले समस्या राम्ररी केलाउन पनि सचिवहरुलाई आग्रह गरेका छन्।

आर्थिक वर्षको करिव आधा समय व्यतित भइसक्दा राजस्व वार्षिक लक्ष्यको करिव २५ प्रतिशतमात्र संकलन भएको प्रचण्डले बताए। अनुदानसहितको स्रोत करिब २७ प्रतिशत संकलन भएको, कुल खर्च करिब २८ प्रतिशतमात्र भएकोले संकलित आयश्रोतभन्दा बढी खर्च भएको प्रधानमन्त्रीले बताए। 

राजश्र्व कम उठ्नुमा आर्थिक मन्दी, आयातमा कमी कारण भए पनि आयकरसमेत लक्ष्यबमोजिम नउठेको भन्दै प्रचण्डले असन्तुष्टि व्यक्त गरे। 'अरू त के कुरा मासिक कर बुझाउन जाँदा पनि अनेक झन्झट र लामो लाइन बस्नुपर्ने अवस्थाले हाम्रो सेवा प्रवाहको स्तर जनाउँछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell