काठमाडौं : नेकपा एकीकृत समाजवादीका प्रेमबहादुर आले र नेपाली कांग्रेसका माया राईले आज प्रतिनिधिसभा सदस्यको रुपमा शपथ ग्रहण गरेका छन्।
आज दिउँसो सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनीहरुलाई शपथ दिलाएका हुन्।
गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको शपथ समारोहमा आले र राई अनुपस्थित थिए। आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकीले उनीहरुले शपथ लिएका थिएनन्।