PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कर्मचारीप्रति आक्रामक प्रचण्ड : अस्पतालमा नाम दर्ता गराउन र बीमा सुविधा लिन किन लाइनमै बिरामीको दिन जान्छ?



पहिलोपोस्ट

कर्मचारीप्रति आक्रामक प्रचण्ड : अस्पतालमा नाम दर्ता गराउन र बीमा सुविधा लिन किन लाइनमै बिरामीको दिन जान्छ?

काठमाडौं : प्रधानमन्त्री पुष्पमकल दाहाल प्रचण्डले सरकारी अस्पतालमा नाम दर्ता गराउन बिरामीको दिन गएको भन्दै कर्मचारीको काममा असन्तुष्टि जनाएका छन्।

विभिन्न मन्त्रालयका सचिवहरुसँग भएको दुईदिनको छलफल पछि प्रचण्डले आज ३० बुँदे निर्देशन दिएका थिए। त्यसैक्रममा प्रचण्डले अस्पतालमा अस्तव्यस्ताको कुरा उठाएका हुन्।

'किन अस्पतालमा नाम दर्ता गराउन र बीमा सुविधा लिनका लागि लाइनमै बिरामीका दिन जान्छ? प्रविधिको यति धेरै विकास भइसक्दा सरकारी अस्पतालमा नाम दर्ता गर्न समेत मान्छेहरूको घण्टौं लाग्छ र सरकारी अस्पतालमा सामान्य शल्यचिकित्सा गराउन ३-४ महिना कुर्नुपर्ने हुन्छ?,'प्रचण्डको प्रश्न थियो।

तल्लो वर्गलाई आधारभूत स्वास्थ्य सेवामा राहत दिने उद्देश्यले ल्याइएको १ लाख रुपैयाँको स्वास्थ्य बीमा ल्याइएको भए पनि झन्झटिलो प्रक्रियाका कारण बिरामीले सुविधा उपयोग गर्न पाएरै ज्यान गएको प्रचण्डको भनाइ थियो। सरकारी अस्पतालमा सामान्य शल्यचिकित्सा गराउन ३-४ महिना कुर्नुपर्ने कारण पनि प्रचण्डले कर्मचारीलाई सोधेका थिए।

'अस्पतालका प्रयोगशाला र परीक्षण गर्ने मेसिन उपकरण पटकपटक बिग्रिन्छन् र बिग्रेपछि महिनौं बन्दैनन्। अनुदानमा दिएका सामग्री स्टोरमा महिनौं थन्किन्छन् र चलनचल्तीमा भएका सामग्री पनि छिट्टै बिग्रिन्छन्। यसको खोजी गरी हटाउने जिम्मेवारी तपाईं हामीले लिनुपर्छ,' प्रधानमन्त्रीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell