PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

शुरुमै कप्तानी नपाउँदा दु:ख लागेको स्विकारे रोहितले



पहिलोपोस्ट

शुरुमै कप्तानी नपाउँदा दु:ख लागेको स्विकारे रोहितले

काठमाडौं : अघिल्लो बुधवार विराटनगर सुपर किङ्सले पत्रकार सम्मेलन गर्दा धेरैको अपेक्षा थियो, रोहितकुमार पौडेलले टिमको नेतृत्व गर्नेछन्। अपेक्षा स्वभाविक पनि थियो : भर्खरै राष्ट्रिय टोलीको कप्तान बनेका पौडेलले घरेलु लिगमा कप्तानी गर्दै अनुभव तिखार्नेछन्, सानै उमेरमा पाएको कप्तानको जिम्मेवारीलाई सही भएको प्रमाणित गर्नेछन् भन्ने आशा थियो। तर, जिम्मेवारी बाँड्दा उनको काँधमा उपकप्पतान भाग लाग्यो।

टिममा उनीभन्दा अनुभवी खेलाडी नभएका होइनन्। यसअघि विश्वकप खेलेर फर्किएका जिम्बावेका सिकन्दर राजाको प्रदर्शन सधैँ सानदार थियो। भलै उनी केही खेल खेलेर नेपालबाट फर्किए। पौडेल नभए राजा कप्तानीमा आउनु एकहिसाबले स्वभाविक मान्न सकिन्थ्यो। तर, कप्तानको भूमिका पाए वेस्ट इण्डिजका आन्द्रे म्याकार्थीले। एकदिवसीय र टी २० अन्तर्राष्ट्रियमा कम अनुभव भएका उनी कप्तान बने।

'नेपाल क्रिकेट टिमको कप्तान होइन रोहित? नेपाल टिमको कप्तान रोहित बनाउनु नहुने रहेछ नि त। उ त यो हिसाबले नालायक रहेछ नि त,' एक केन्द्रीय सदस्यले असन्तुष्टि पोख्दै थिए, 'सोमपाल हेर्नुहोस् न। नेपाल टिमबाट खेलेको छ। बाहिर गएर फ्रेन्चाइज लिग खेलेको छ। नेपालमै पनि उपाधि जिताएको छ। अनुभवी खेलाडी हो। हिजो मार्की खेलाडी भनेर घोषणा गरेर आज यसो गर्नु उचित भएको छैन।'

त्यसको एकदिन अगाडिको कथा पनि केही समान थियो। जनकपुर रोयल्समा मार्की खेलाडी रहेका सोमपाल कामीले कप्तानी नपाउलान् भन्ने सायदै कसैले सोचेका थिएनन्। नेपाली टोलीका सिनियर मध्येका खेलाडी र फ्रेन्चाइजमा अघिल्लो सिजन चितवनलाई एभरेस्ट प्रिमियर लिग जिताएका सोमपालले पनि पाए उपकप्तानको जिम्मेवारी। कप्तान को त? वेस्टइण्डिजको उमेर समूहबाटमात्र अन्तर्राष्ट्रिय खेल खेलेका ट्रेभोन अबशाइ गृफ्फित।

उसो त ५ खेलपछि पौडेलले कप्तानको जिम्मेवारी पाए। हाल टोलीको कप्तान पौडेल नै हुन्। तर, आफू कप्तान नबन्ने थाहा पाउँदा दु: ख लागेको पौडेलले सुनाए।

'अलि नराम्रै लागेको थियो। तर पनि यो निर्णय भनेको व्यवस्थापन र टिम मालिकको हो। हामीले त्यसमा केही गर्नै मिल्दैन,' पौडेलले भने, 'त्यतिबेला मेरो नियन्त्रणभित्र केही हुने पनि कुरा भएन। ओनर र व्यवस्थापनको निर्णयमा मैले केही गर्नै मिल्दैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell