PahiloPost

Jun 28, 2025 | १४ असार २०८२

'डिसेम्बर फल्स' को कमजोर व्यापार, विकेन्डमा चलेन आर्यन र उपासनाको फिल्म



पहिलोपोस्ट

'डिसेम्बर फल्स' को कमजोर व्यापार, विकेन्डमा चलेन आर्यन र उपासनाको फिल्म

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शन भएको फिल्म ‘डिसेम्बर फल्स’ बक्सअफिसमा कमजोर सावित भएको छ। आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन।

आर्यन ३ वर्षपछि यस फिल्ममार्फत ठूलो पर्दामा फर्किएका हुन्। तर, दर्शकमा भने आर्यनको जादु चल्न सकेन। फिल्मले पहिलो सप्ताहन्तमै कमजोर व्यापार गरेको हल संचालकहरु बताउँछन्।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले पहिलो दिन यस फिल्मलाई २० शो दिएको थियो। तर, फिल्म नचल्दा शो घटाउँदै लगेको बताउँछिन् क्युएफएक्सकी बजार प्रमुख तृप्ति गिरी।

‘यो फिल्म एकदम स्लो गइरहेको छ। एउटा मात्रै फिल्म रिलिज भएकाले निकै आशा गरिएको थियो। तर, पहिलो विकेन्डमा २० प्रतिशत मात्रै अकुपेन्सी छ। अकुपेन्सी कम भएपछि स्वत: शो घट्दै जान्छ,’ उनले भनिन्।

त्यसैगरि, बिग मुभिज, वान सिनेमाज् लगायतका हलहरुले पनि दर्शक नआउँदा शोमा कटौती गरेको छ।

भारतीय फिल्मकर्मी प्रवीण झाद्वारा निर्देशित फिल्ममा आर्यन र उपासनाका साथै सलोन बस्नेत, सुमन थापा, नागेन्द्र रिजाल, दयाराम दाहाल, नरेश भट्टराईलगायतको अभिनय छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell