PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एकीकृत समाजवादीको निर्णय : प्रचण्ड सरकारबारे थप अध्ययन गर्ने



पहिलोपोस्ट

एकीकृत समाजवादीको निर्णय : प्रचण्ड सरकारबारे थप अध्ययन गर्ने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले वामपन्थी बिचमा एकताका लागि सचिवालयलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। पोलिटब्युरो बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई समर्थन गर्ने नगर्नेबारेमा थप अध्ययन गर्न पनि सचिवालयलाई अधिकार दिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

'सरकारका बारेमा थप अध्यन गर्नुपर्ने देखिन्छ। देश र जनताका हितमा के कस्ता काम गर्छ बुझ्नुपर्ने छ। यसका लागि सचिवालयलाई अधिकार दिइएको छ,' खतिवडाले भने। आफ्नो पार्टीलाई अहिलेसम्म प्रचण्ड नेतृत्वको सरकारबाट समर्थनका लागि प्रस्ताव नआएको उनको भनाइ छ। पार्टी सुदृढीकरणका लागि अभियान चलाउने र त्यसका लागि कार्ययोजना बनाउने पनि निर्णय भएको छ।

शनिवार र आइतवार एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक बसेको थियो भने सोमवार र मंगलवार पोलिटब्युरो बैठक बसेको हो। यस्तै जनता समाजवादी पार्टी,नेपाल (जसपा)सँग पार्टी एकताका बारेमा पनि छलफल भइरहेको एकीकृत समाजवादीले जनाएको छ। नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निरर्णय भने अलपत्र परेको छ। परिस्थिति बदलिएको भन्दै उक्त निर्णयबाट एकीकृत समाजवादी पछि हटेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell