PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

उपरथी शाहीलाई ब्यारेकमै बस्न जंगी अड्डाले दियो निर्देशन



रासस

उपरथी शाहीलाई ब्यारेकमै बस्न जंगी अड्डाले दियो निर्देशन

काठमाडौं : सैनिक मुख्यालय जङ्गी अड्डाले नेपाली सेनाका उपरथी प्रेम शाहीलाई केही समय ब्यारेकमै बस्ने निर्देशन दिएको छ।

उनीमाथि आर्थिक अनुशासनको प्रश्न उठेपछि छानबिन र अनुसन्धानका लागि सैनिक मुख्यालयले ब्यारेकमै रहन निर्देशन दिएको सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले बताए। विभिन्न जिम्मेवारीमा रहँदा उपरथी शाहीबाट आर्थिक अनियमिता भएको भन्ने उजुरीका आधारमा जङ्गी अड्डाले छानबिन गरिरहेको छ।

प्रवक्ता भण्डारीले भने, 'विगतदेखि नै आर्थिक अनियमितासँग जोडिएर प्रश्न उठेपछि निष्कर्षमा पुर्‍याउन पर्ने भएकाले उहाँलाई केही समय ब्यारेकमै बस्न निर्देशन भएको हो।'

उपरथी शाहीको सेवा अवधिसम्बन्धी अदालतको निर्णय र छानबिनसँग कुनै सम्बन्ध नरहेको पनि सेनाले स्पष्ट पारेको छ। भोलि पुस २० गतेदेखि अवकाशमा जान लागेका उपरथी शाहीले आफ्नो अवकास हुने उमेर फरक परेको भनी अदालतमा निवेदन दिएका थिए। जसमा उनको माग अनुरुप अदालतबाट अन्तरिक आदेश भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell