PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

आजको मौसम : गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का हिमपातको सम्भावना



पहिलोपोस्ट

आजको मौसम : गण्डकी र कर्णालीका पहाडी भेगमा हल्का हिमपातको सम्भावना

काठमाडौं : बुधवार बिहान नेपालभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही  तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने पनि महाशाखाले जनाएको छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, आज राती प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित मौसम बुलेटिनमार्फत जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell