PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

साउदीबाट आलोचकलाई रोनाल्डोको जवाफ : उनीहरु फुटबल बुझ्दैनन्, यो मेरो करियरको अन्त्त्य होइन



पहिलोपोस्ट

साउदीबाट आलोचकलाई रोनाल्डोको जवाफ : उनीहरु फुटबल बुझ्दैनन्, यो मेरो करियरको अन्त्त्य होइन
Photo : Getty Images

क्रिस्टियानो रोनाल्डो हिजो साउदी अरेबिया पुगे। पोर्गुजिच फुटबल स्टार रोनाल्डो त्यहाँको क्लब अल नासरसँग अनुबन्धित भएका छन्। हिजो एक कार्यक्रमबिच कल्बले उनलाई स्वागत गरेको हो।

अल नासरको होम ग्राउन्ड मरसुल पार्कमा हजारौं समर्थकबिच रोनाल्डो क्लबको जर्सीमा सार्वजनिक भएका थिए।

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेपछि फ्रि एजेन्ट बनेका रोनाल्डो साउदीको क्लबमा २०२५ सम्मका लागि अनुबन्धित भएका हुन्। अल नासरमा फुटबलको इतिहासमै सबै भन्दा ठूलो रकम रोनाल्डोले पाउँदैछन्। उनले हरेकवर्ष १७७ मिलियन पाउन्ड भन्दा बढी पाउने बताइएको छ। रोनाल्डोको यो कदमलाई धेरैले आलोचना गरिरहेका छन्।

क्लबले आयोजना गरेको कार्यक्रममा रोनाल्डोले आफ्ना आलोचकहरुलाई कडा जवाफ फर्काएका छन्।

'धेरै मानिसहरु बोल्छन् र आफ्नो विचार दिन्छन्। तर उनीहरुलाई फुटबलबारे केही थाहा छैन। विगतको १०-१५ वर्षदेखिको फुटबल हेर्ने हो भने यो खेल फरक हुँदै गएको छ। सबै टोलीहरु जित्नका लागि तयारी गरिरहेका छन्। उनीहरु धेरै नै तयार छन्,' प्रेस कन्फरेन्सका क्रममा उनले भने, 'त्यसैले साउदी आउने मेरो करियरको अन्त्य होइन। म यो परिवर्तन गर्न चाहन्छु। त्यसैले मानिसहरु के भन्छन् भनेर म मतलब गर्दिन।'

उनले आफूलाई विश्वका अरु क्लबहरुले पनि 'अफर' गरेको तर आफूले साउदीको क्लबलाई नै आफ्नो लागि उपयुक्त मानेर छानेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell