PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारतबाट आउने पर्यटक ठोरी र हेटौंडा लाग्छन्, वीरगंजको होटलमा छैन् व्यापार



राधेश्याम पटेल

भारतबाट आउने पर्यटक ठोरी र हेटौंडा लाग्छन्, वीरगंजको होटलमा छैन् व्यापार

वीरगंज : नयाँ वर्ष २०२३ मनाउन भारतीय पर्यटक आउने आशामा रहेका व्यवसायीहरु यसपटक निराश बनेका छन्। वीरगंजका होटल व्यवसायीहरुले सोचे अनुसारको व्यापार नभएको बताएका छन्।

नयाँ वर्षको पहिलो साता वीरगंजमा व्यापार कम भएको होटल व्यवसायीहरुको भनाइ छ। भारतीय पर्यटकहरु नयाँ वर्ष मनाउन ठोरी र हेटौंडातर्फ गएपछि वीरगंजका होटलहरुमा व्यापार नभएको व्यवसायी बताउँछन्।

सीमा क्षेत्रबाट काठमाडौंसँग जोड्ने छोटो दूरीको नाका रक्सौल–वीरगंज भए पनि वीरगंजका होटल व्यवसायीहरुले खासै फाइदा लिन सकेका छैनन्। नयाँ वर्ष मनाउने भारतीय पर्यटकहरु वीरगंजमा विश्राम नगरिकनै नेपालको विभिन्न ठाउँमा जाने गरेकोले व्यवसायीहरुलाई खासै फाइदा नभएको बताइएको छ। 

भारतको बिहार, उत्तरप्रदेश, दिल्ली, बंगाल, महाराष्ट्र, राजस्थानबाट वीरगंजमा पर्यटक आउने गर्छन्। होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगंज पर्साका अध्यक्ष हरि पन्तका अनुसार वीरगंज आसपासमा पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय गन्तव्य नभएको कारण पर्यटकहरु वीरगंजमा बस्न नरुचाउने गरेका हुन्। उनले वीरगंज नाकाबाट भित्रिने पर्यटकहरु ठोरी, हेटौंडा, सौराहा, पोखरा, काठमाडौं, जनकपुरलगायत ठाउँ जाने गरेको कारण यहाँका होटलहरु अपेक्षित रुपमा भरिभराउ नभएको बताए।

वीरगंजमा सानादेखि चार तारे होटल गरि करीब ७० वटा होटलहरु रहे पनि नयाँ वर्षको अवसरमा अकुपेन्सी ६० प्रतिशत मात्र भएको उनले बताए। उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारसंग वीरगंज आसपास पर्यटकीय गन्तव्य विकास र प्रवर्द्धन गर्न बजेट विनियोजन गरि गन्तव्य स्थापनाको लागि आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell