
इरानकी चेस खेलाडी सारा खदीमलाई हिजाब नलगाएको भन्दै धम्की दिइएको छ। सारा गत साता काजकिस्तानमा वर्ल्ड र्यापिड एन्ड ब्लिट्ज चेस च्याम्पियसिपमा हिजाब नलगाइ प्रतिस्पर्धामा सहभागी भएकी थिइन्
सारालाई फोन गरेर इरान नफर्किन र इरान फर्किए जे पनि हुन सक्ने भन्दै चेतावनी दिइएको उनी निकट व्यक्तिले रोयटर्सलाई जानकारी दिएका छन्। इरानमा रहेका उनका बुवा आमा र परिवारलाई पनि धम्की दिइएको छ।
सारा भने प्रतियोगिता सकाएर गत मंगलवार स्पेन पुगेकी थिइन्। उनले इन्टाग्राममार्फत उनले आफू उचित समयमा इरान फर्कने बताएकी छिन्। उनले प्रतियोगितामा आफ्नो उपस्थितिबारे सोधिएको प्रश्नको जवाफ इरानी चेस फेडेरेसन र खेल मन्त्रालयलाई नदिने बताएकी छिन्।
इरानमा पछिल्लो समय हिजाब क्रान्ति जारी छ। केही महिनाअघि महशा अमिनिको निधन भएपछि इरानमा प्रदर्शनले व्यापकता पाएको हो। उनलाई इरानको 'मोरालिटी पुलिस'ले पक्राउ गरेको थियो। हिजाबले कपाल छोप्नु पर्ने कानुन उल्लंघन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले 'डिटेन्सन सेन्टर' पुर्याए लगत्तै उनी बेहोस भएकी थिइन्। त्यसपछि उनी कोमामा पुगेकी थिइन्। त्यसपछि उनको मृत्यु भएको थियो।
उनको मृत्युपछि महिलाहरुले आफ्नो हिजाब जलाएर विरोध गरिरहेका छन्। प्रदर्शनमा उत्रिएका धेरै युवायुवतीलाई पक्राउ गरिएको छ भने केहीलाई मृत्युदण्डको सजायसमेत दिइएको छ। प्रदर्शनमा समर्थन जनाउने कलाकार, खेलाडीहरुलाई पनि पक्राउ गरिएको छ।
Iranian chess player Sara Khadem took part in the FIDE World Rapid and Blitz Chess Championships in Kazakhstan without a hijab for the second day running https://t.co/coF83IZURA pic.twitter.com/xAgO6ppaTm
— Reuters (@Reuters) December 28, 2022