PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

निर्वाचनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै कांग्रेस, समसमायिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने



पहिलोपोस्ट

निर्वाचनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै कांग्रेस, समसमायिक विषयमा पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दैछ। निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको कांग्रेस सरकारको नेतृत्व गर्ने तयारीमा थियो। यद्यपि माओवादीले गठबन्धन छाडेर एमालेलगायत सात दलको समर्थनमा सरकार बनाएपछि कांग्रेस अहिले प्रमुख प्रतिपक्षी बनेको छ।

सत्ता लिन व्यस्त देखिएको कांग्रेस अहिले रिल्याक्स मुडमा छ। यही मेसोमा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो। सम्मेलन सानेपास्थित पार्टी कार्यालयलमा दिउँसो ३ बजे हुँदैछ। कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आयोजना गरेको पत्रकार सम्मेलनमा समसमायिक राजनीतिक विषयमा कांग्रेसको धारणा आउने बताइएको छ। त्यसैगरी कांग्रेसले मतदातालाई धन्यवाद दिने जनाएको छ।

शुक्रवार कांग्रेसले केन्द्रीय समिति डाकेको छ। बिहीवार संस्थापनइतरले केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न अनुपम फुडल्यान्डमा १ बजे भेला डाकेको छ। राष्ट्रपतिले २५ गते संघीय संसदको बैठक डाकेकी छिन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिँदैछन्। यिनै विषयमा कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell