PahiloPost

Mar 20, 2026 | ६ चैत्र २०८२

अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु



पहिलोपोस्ट

अर्घाखाँचीमा भालुको आक्रमणबाट एक वृद्धको मृत्यु

बुटवल : अर्घाखाँचीमा भालुको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा शितगंगा नगरपालिका-२ ओखरीका ८० वर्षीय रामबहादुर क्षेत्री रहेका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार बुधवार बिहान घरबाट झिरा आउने क्रममा क्षेत्रीलाई रानी सामुदायिक वनमा भालुले आक्रमण गरेको थियो। भालुको आक्रमणबाट गम्भीर घाइते भएका क्षेत्रीलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडा ल्याइएकोमा उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

क्षेत्रीको अनुहार र टाउकोमा चोट लागेको थियो। बस्ती नजिकै भालुले मानिसलाई आक्रमण गरपछि स्थानीय त्रसित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell