PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

पार्टी छाडेर गठबन्धनको बागी, कांग्रेस उम्मेदवारलाई हराएका दिपेन्द्र फर्किए माओवादीमै



पहिलोपोस्ट

पार्टी छाडेर गठबन्धनको बागी, कांग्रेस उम्मेदवारलाई हराएका दिपेन्द्र फर्किए माओवादीमै
फोटो : PMO

काठमाडौं : मंसिर ४ मा सम्पन्न निर्वाचनमा कांग्रेस – माओवादीको गठबन्धन थियो। रोल्पा क्षेत्र १ को ख मा कांग्रेसका लुम्बिनी सभापति अमरसिंह पुन गठबन्धनबाट उम्मेदवार बने। माओवादीले उनैलाई सघाउने भयो।

तर माओवादी केन्द्रीय सदस्यसमेत रहेका दिपेन्द्रकुमार पुनले भने पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिए। निर्वाचनको नतिजा उनै दिपेन्द्रको पक्षमा आयो। उनले १४ हजार ९२७ मत पाउँदा अमरसिंहले १० हजार ४०६ मत पाए।

उनै स्वतन्त्र सांसद दिपेन्द्र बुधवार माओवादी केन्द्रमै फर्किएका छन्। माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजिनामा दिएर प्रदेशको उम्मेदबार बनेका उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका हुन्।

दिपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने पत्र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुझाएपछि उनलाई पुन पार्टीमा भित्राइएको बताइएको छ।

माओवादी केन्द्रका नेता वर्षमान पुनसहित प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनलाई प्रचण्डले खादा लगाएर स्वागत गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell