PahiloPost

Jul 3, 2024 | २० असार २०८१

सुनको मूल्य एक लाख दुई हजार नौ सय पुग्यो



रासस

सुनको मूल्य एक लाख दुई हजार नौ सय पुग्यो

काठमाडौं : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार नौ सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन सयले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार चार सय रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय रुपैयाँ थियो।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार चार सय रुपैयाँमा आएको महासङ्घले जनाएको छ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell