PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

काठमाडौँ ढिला आइपुग्दा १७ ओभरमा छोट्याइयो खेल, अलस्टार्सको १ सय २ रनको सजिलो जित



पहिलोपोस्ट

काठमाडौँ ढिला आइपुग्दा १७ ओभरमा छोट्याइयो खेल, अलस्टार्सको १ सय २ रनको सजिलो जित
Photo: CAN

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा लुम्बिनी अल स्टार्सले काठमाडौँ नाइट्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा अल स्टार्सले १ सय २ रनको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको अलस्टार्सले निर्धारित १७ ओभरमा ६ विकेट गुमाउँदै १८३ रन बनाएको थियो। काठमाडौँका लागि हरमीत सिंहले सर्वाधिक ७० रन बनाउँदा लाहिरु मिलान्थाले २६ रन बनाए। त्यस्तै गुल्सन झाले २१ रन बनाउँदा ह्यारी टेक्टरले १७ रन तथा अनिल साहले अविजित १६ रन बनाए। बलिङतर्फ काठमाडौँका अविनास बोहोराले सर्वाधिक ३ विकेट लिँदा वसीर अहमेदले २ तथा अनिल खरेलले १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको काठमाडौँ ८१ रनमा समेटियो। काठमाडौँका लागि बसीर अहमेदले सर्वाधिक सर्वाधिक २२ रन बनाउँदा कमलसिंह ऐरीले १६ तथा लोकेश बम र कप्तान ज्ञानेन्द्र मल्लले समान १५ रन बनाए।

प्लेअपमा पुगिसकेको शीर्षस्थानको लुम्बिनीको ९ खेलबाट १६ अंक छ भने ८ खेलबाट ८ अंक जोडेको काठमाडौँ तालिकाको तेस्रो स्थानमा छ।

जवाफी ब्याटिङमा उत्रिएको का



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell