PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

हलिउड अभिनेता जेरेमी रेनरको स्वास्थ्यमा सुधार, सेयर गरे शल्यक्रियापछिको पहिलो तस्विर



पहिलोपोस्ट

हलिउड अभिनेता जेरेमी रेनरको स्वास्थ्यमा सुधार, सेयर गरे शल्यक्रियापछिको पहिलो तस्विर

केही दिनअघि दुर्घटनामा परेर गम्भीर घाइते भएका हलिउड अभिनेता जेरेमी रेनरको स्वास्थ्यमा सुधार आएको छ। उनको केही समयअगाडि अस्पतालमा शल्यक्रिया समेत गरिएको थियो।

यसैबिच, रेनरले इन्स्टाग्राममार्फत एक फोटो सार्वजनिक गरेका छन्। फोटोमा जेरेमी अस्पतालको बेडमा आराम गरेको देखिन्छ। उनको अनुहारमा घाउ पनि देखिन्छ।

बुधवार अस्पतालबाट नै एक फोटो राखेर जेरेमीले आफ्नो शल्यक्रियापछिको अवस्थाबारे फ्यानलाई जानकारी दिएका हुन्। जसले उनका फ्यानहरुलाई राहत मिलेको छ।

साथै उनले धन्यवाद दिँदै लेखेका छन्, ‘तपाईँको दयालु शब्दहरूको लागि सबैलाई धन्यवाद। म अहिले टाइप गर्न खासै सक्दिनँ, तर म तपाईं सबैलाई माया पठाउँछु।’

नयाँवर्ष २०२३ को पहिलो दिन रेनर हिमआँधी दुर्घटनामा घाइते भएका थिए। उनले फिल्म ‘एभेन्जर्स’ र ‘क्याप्टेन अमेरिका’ सिरिजबाट विश्वभर फरक पहिचान कमाएका छन्। जसमा उनी ‘हक-आइ’को नामले चर्चित छन्।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Jeremy Renner (@jeremyrenner)

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell