
काठमाडौं : नेपाली कांग्रेसले शुक्रवारको लागि तय गरेको केन्द्रीय समिति बैठक स्थगित गरेको छ। पुस २५ गते प्रतिनिधि सभाको बैठक बस्ने भएपछि शुक्रवारको लागि तोकिएको केन्द्रीय समिति स्थगित गरेको कांग्रेसले जनाएको छ।
कांग्रेसले २२ गतेको केन्द्रीय समितिलाई २८ गतेका लागि सारेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ गते विश्वासको मत लिने भएपछि शुरुमा संसदीय दलको बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। कांग्रेसले २३ गते शनिवारका लागि संसदीय दलको बैठक डाकेको छ। बैठक सिंहदरबास्थित संसदीय दलको कार्यालयमा बस्नेछ।
'प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते प्रारम्भ हुने मिति दृष्टिगत गर्दै नेपाली कांग्रेसको संसदीय दलको बैठक २३ पौषमा संसदीय दलको कार्यालय सिंहदरबारमा अपरान्ह १ः०० बजे बस्नेछ,' सूचना जारी गर्दै मुख्यसचिव पौडेलले भनेका छन्, 'नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २२ पुसका लागि निर्धारित बैठकको मिति परिवर्तन गरेर पौष २८ गते अपरान्ह १ः०० बजे बस्ने निश्चित गरिएको छ।'